default_image

8 years ago

June 30, 2017

मेस्सीको विवाहमा रियलका एकमात्र पूर्वखेलाडी

128 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग अर्जेन्टिनास्थित रोजरिओ सहरमा विवाह गर्दैछन्। ५ वर्षको उमेरदेखि चिनजान रहेको मेस्सी र रोक्क्कुज्जो एउटै सहरमा हुर्केका थिए।

मेस्सी र रोक्कुज्जो प्रेम सम्बन्धमा रहेदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलोनै फर्किएका हुन्। उनीहरुको दुइ सन्तान छन्। थियागो ४ वर्षका छन् भने दोश्रो सन्तान माटेयो १ वर्ष पुगेका छन्। शुक्रबार हुने विवाह कार्यक्रममा मेस्सीले बार्सिलोनाका सम्पूर्ण खेलाडीलाई बोलाएका छन्।

लुइस सुआरेज र नेयमार बिवाहको अघिल्लो दिननै अर्जेन्टिना पुग्ने कार्यक्रम रहेको छ भने पुर्व खेलाडी जाभी र फाब्रिगास पनि विवाहमा सरिक हुनेछन्। स्पेनिस मिडियाका अनुसार पुर्वप्रशिक्षक लुइस एन्रिकेलाई भने मेस्सीले निम्तो पठाएका छैनन्। यसैगरि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके उनकी श्रीमती शाकिरा र मेस्सीको प्रेमिका रोक्कुज्जोबिचको चिसो सम्बन्धका कारण विवाहमा सहभागी नहुने भएका छन्। आन्द्रेस इनिएस्टा पनि विशेष कारणले उपस्थित नहुने जानकारी प्राप्त भएको छ।

मेस्सीले आफ्नो विवाहमा एक रियल म्याड्रिडका पूर्वखेलाडीलाई पनि निम्तो दिएका छन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सँगै खेल्दै आएका यी दुई खेलाडी मिल्ने साथि हुन्। हाल पेरिस सेन्ट जर्मनबाट व्यवसायिक फुटबल खेलिरहेका विंगर एन्जल डी मारिया रोजारियो पुगिसकेका छन्।

विवाहमा करिब २ सय भन्दा बढी सेक्युरिटी गार्ड परिचालन गरिनेछ भने समर्थकहरुको लागि विवाह कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न विवाह स्थल बाहिर ठुलो स्क्रिन खडा गरिएको छ। रोजारियोमा हिंसात्मक गतिविधि बढ्दै गएकाले प्रहरीले पनि केहि दिनयता सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.