default_image

8 years ago

June 30, 2017

जिदानका छोरा इन्जोले रियल छाडे

112 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानका जेठा छोरा इन्जो जिदानले रियल म्याड्रिड छाडेर ला लिगको अर्को क्लबसँग आबद्ध भएका छन् ।

zidane

२२ वर्षीय मिडफिल्डर इन्जोले बिहिबार डीपोर्टीभो अलाभेससँग तीन वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । रियल म्याड्रिडको दोस्रो टोली कास्टिलासँग ७८ खेल खेलेका इन्जोले ७ गोल गर्दै १५ गोलका लागि पास मिलाएका थिए । कोपा डेल रेमा रियलबाट तेस्रो डिभिजनको क्लब कल्टुरल लियोनेसासँगको डेब्युमा गोल गरेपछि इन्जोले रियलको पहिलो टोलीसँग अन्य खेल खेल्ने अवसर पाएनन् ।

“डीपोर्टीभो अलाभेस इन्जोलाई क्लबमा स्वागत गर्दै आउने सिजनकालागि उनलाई शुभकामना दिन चाहान्छ “, क्लबको आधिकारिक वेबसाइटमा लेखिएको थियो । अलाभेस अघिल्लो सिजन ला लिगामा नवौ स्थानमा रह्यो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.