8 years ago
July 1, 2017
एजेन्सी – पहिलो हाफको अन्तिम समयतिर मिचेल वाइसरको फ्लिक हेडरमा भएको गोल निर्णायक साबित भएपछि युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत शुक्रबार रातीको फाइनल खेलमा जर्मनीले स्पेनलाई १-०ले पराजित गर्दै उपाधि जितेको छ।

खेलको ४०औं मिनेटमा जेरेमी टोल्यानले दायाँ विङ्गबाट गरेको क्रसमा वाइसरले गरेको फ्लिक हेडर फार पोष्टमा सिधै गोलमा परिणत भएको थियो। खेलको सुरुवातमा स्पेनले पूर्णरुपमा दबाव दिएपनि जर्मनी खेलमा फर्किएको थियो। दुवै टोलीका गोलरक्षकले केहि उत्कृष्ट बचाउ गरेका थिए।
दुवै टोलीबाट दोश्रो हाफमा अवसरहरु बनेपनि थप गोल हुन नसक्दा जर्मनीले विजय हासिल गरेको थियो। उपाधिको दावेदार मानिएको स्पेनले आशातित प्रदर्शन गर्न सकेन। साउल, एसेन्सियो, डेउलेफेउ लगाएतका अनुभवी खेलाडीहरुले मौकाको सदुपयोग नगर्दा स्पेनले हारको सामना गर्नुपरेको थियो।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]