8 years ago
July 2, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा जारी दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ सम्मलित एलए एफसी क्वार्टरफाइनलमै रोकिएको छ ।

आज भएको क्वार्टरफाइनलमा एलए इष्ट बे युनाइटेडसँग ५–४ ले पराजित भएको थियो । निर्धारित ६० मिनेटको खेलपछिको टाइब्रकेरमा एभरेष्टले बाजी मारेको थियो । भरतको गोलबाट टोलीले अग्रता लिएपनि निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा इष्ट बेले गोल फर्काएको थियो । निर्धारित समयको समाप्तीपछि सोझै भएको पेनाल्टीमा भरत र राजुले गोल गरेपनि उनीहरुको टोलीले सफलता पाउन सकेन ।
भरतका अनुसार इष्ट बेसँगै वासिङटन डिसी, डालास, गुर्खा एफसी र बाल्टिमोर एफसी सेमिफाइनल पुगेका छन् । नेपाली यू १९ पूर्व गोलकिपर राजिव श्रेष्ठ वासिङटन डिसीबाट खेलिरहेका छन् । सेमिफाइनल र फाइनल आइतबार हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]