default_image

8 years ago

July 3, 2017

लाकाजेटका लागि आर्सनल कीर्तिमानी रकम खर्चन तयार

136 views

0 Bookmark

फ्रान्स (एजेन्सी)- प्रिमियर लिग क्लब आर्सनल फ्रेन्च फरवार्ड अलेक्सांद्रे लाकाजेट भित्र्याउनका लागि क्लबको अहिलेसम्मकै ठुलो रकम तिर्न तयार देखिएको छ। लण्डन क्लब ४४ मिलियन पाउण्ड तिर्न तयार देखिएको हो।

यदि यो ट्रान्सफर सम्भब भएमा आर्सनलले २०१३मा रियल मड्रीडबाट मेसुट ओजिललाई भित्र्याउदा तिरेको ४२.५ मिलियनलाई उछ्न्ने छ। अघिल्लो बर्ष २९.५ मिलियनमा लाकाजेटलाई भित्र्याउने प्रयास असफल भएपछि यस बर्ष सुधारिएको प्रस्ताब अघि सारेको हो। अब ४८   घण्टामा यो ट्रान्सफर सम्भब हुने बताईएको छ।

मोनाकोका युवा फरवार्ड क्यलिन बाप्पेलाई भित्र्याउने चाहना पुरा नहुने देखेपछि अर्सेनल लाकाजेटमा इच्छुक देकिएको हो। अगिल्लो सिजन ४५खेलमा ३७ गोल गरेका लाकाजेटले अहिलेसम्म लियोनका लागि २सय ७५ खेल खेल्दै १सय २९ गोल गरिसकेका छन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.