default_image

8 years ago

July 3, 2017

एन्फा महिला लिगका लागि ४४ खेलाडी छानिए

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले आसन्न एन्फा महिला लिगका लागि ४४ खेलाडी छनोट गरेको छ । एन्फाले ४४ खेलाडी गत जेठ महिनामा पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगबाट छनोट गरेको हो । पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगमा २८ जिल्लाले सहभागिता जनाएका थिए ।

छनोट भएका ४४ खेलाडीहरुबाट १० दिनको प्रशिक्षणपछि ३० खेलाडीमा झारिने एन्फाले जनाएको छ । छनोट हुने उत्कृष्ट ३० खेलाडीले तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबमा प्रशिक्षण गर्न पाउनेछ । प्रशिक्षण दौरान उत्कृष्ट खेलाडीहरु निस्किए विभागले राख्न पाउने पनि प्रावधान पनि छ ।

तीन विभागको दुई टिम बनाई साउन दोस्रो साता काठमाडौंमा (होम एण्ड अवे) महिला राष्ट्रपति कप लिग हुनेछ । त्यही लिगबाट छानिएका खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउने छ । त्यसपछि पाँच विकास क्षेत्र र तीन विभागीय टोलीबीच माघमा महिला राष्ट्रिय लिग गराउने एन्फाको योजना छ ।

कैलालीबाट सबैभन्दा धेरै आठ खेलाडी छनोट भएका छन् । यस्तै रौतहटबाट ६, मोरङ र नवलपरासीबाट समान पाँच–पाँच, बर्दिया र काठमाडौंबाट तीन–तीन, स्याङ्जा, ताप्लेजुङ, झापा र भोजपुरबाट समान दुई–दुई र बाँके, सर्लाही, बारा, चितवन, सिन्धुपाल्चोक र कञ्चनपुरबाट समान एक–एक खेलाडी छनोट हुन सफल भएक छन् ।

छनोट भएका खेलाडीहरु रेनुका हमाल, रिया बानु, रस्मी कुमारी घिसिङ, रजनी थोकर, निशा थोकर, अञ्जु लोप्चन, मेनुका नगरकोटी, मिथिला कुशवार, निरुता सत्याल, नामु कुशवार, रेशना राई, मञ्जु कुमारी जिमी, मुना राई, इना राई, कल्पना कार्की, अञ्जना तामाङ, बिमला रानामगर, नामु माया क्षेत्री, सपना थारु, हीना राना, उदय बकवाल, बिमला बिके, सिर्जना भट्टराई, सुनिता बिके, बिमला गुरुङ, अनुष्का शेर्पा, सम्झना लावती, अनिता राई, उषा नाथ, रेविका पाण्डे, गंगा अधिकारी, बिमला चौधरी, मनकुमारी चौधरी, किरण चौधरी, सरिता न्यौपाने, महिमा चौधरी, सदीक्षा राई, आरती भुजेल, रोशनी लिम्बु, प्रिति राई, सुभद्रा खड्का, सुष्मा महर्जन, सुष्मा तामाङ र प्रियंका राना रहेका छन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.