8 years ago
July 4, 2017
एजेन्सी – जर्मनीको राष्ट्रिय फुटबल टोली एवं इटालियन क्लब एएस रोमाको डिफेन्डर एन्टोनियो रुडीगर इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीमा आउने भएका छन्। चेल्सीले गरेको ३० मिलियन पाउण्डको प्रस्ताव रोमाले स्वीकारेसँगै हाल क्लब र खेलाडीबीच सम्झौताबारे छलफल भइरहेको छ।
२४ वर्षीय डिफेन्डर रुडीगर इटालीमा व्यापक रंगभेद भएपछि रोमा छाड्ने मनसायमा थिए। यस्तैमा एन्टोनियो कन्टेले आगामी सिजनका लागी चेल्सीको डिफेन्सलाई अझ बलियो पार्ने लक्ष्य लिएर रुडीगरलाई भित्र्याउने प्रस्ताव राखेका थिए। गत सिजन चेल्सीले उपाधि जितेपनि सुरुवाती खेलमा भने डिफेन्सले निकै कमजोर प्रदर्शन गरेको थियो।
प्रशिक्षक कन्टेले युभेन्टसका लिओनार्डो बोनुची र साउथह्याम्पटनका भर्जिल भ्यान डाइकलाई क्लबमा ल्याउने प्रयास गरेपनि उक्त योजना असफल भएपछि रुडीगर तर्फ ध्यान मोडेका थिए। सामन्यतया डिफेन्सको मध्यभागमा खेल्न रुचाउने रुडीगर राइट ब्याकको भूमिकामा पनि खेल्न सक्छन।
गत सिजन सेजार एज्पिलीक्वेटा र भिक्टर मोसेसले औसत प्रदर्शन गरेपछि कन्टेले नयाँ डिफेन्डर भित्र्याएर थप प्रतिस्पर्धा गर्न लागेका हुन्। रुडीगर कन्फेडेरेसन कप विजयी जर्मनी टोलीका सदस्य रहेका थिए। उनले आगामी सन् २०१८मा हुने विश्वकपको टोलीमा खेल्ने लक्ष्य राखेका छन्। चेल्सीमा आबद्ध भएर नियमित फुटबल खेलेको खण्डमा उनको त्यो लक्ष्य सार्थक हुने सम्भावना बलियो छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]