default_image

8 years ago

July 4, 2017

बेल रियलमा खुसी; प्रिमियर लिग नफर्कने

136 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – सिजनको अन्त्यसँगै रियल म्याड्रिडका स्टार विंगर ग्यारेथ बेल प्रिमियर लिग फर्कने हल्ला अफवाह मात्र रहेको खुलासा छ।  बेल म्याड्रिडमा खुसि रहेको र स्पेनिस च्याम्पियनले यो सिजन उनलाईलाई बेच्ने कुनै योजना नबनाएको स्काई स्पोर्ट्सको विशेष सुत्रले जनाएको छ ।

Gareth bale

सिजनको अन्त्यसँगै विभिन्न मिडियामा बेल इङ्लिश प्रिमियर लिगमा फर्कन चाहेको हल्लाहरु आएको थियो। तर सुत्रका अनुसार वेल्सका मिडफिल्डर बेल रियल म्याड्रिडमा खुसी रहेको र गत सिजनको सफलतालाई यस सिजन पनि जारी राख्ने धुनमा रहेको बुझिएको छ। म्याड्रिडले मोनाकोबाट किलियन बाप्पेलाई भित्र्याउने प्रयास गरेसँगै ग्यारेथ बेललाई म्यानचेस्टर युनाइटेडमा बेच्ने योजना रहेको मिडियाले लेखेका थिए। तर उक्त हल्ला विभिन्न संचार माध्यममा आएपनि रियलले त्यसलाई अस्विकार गरेको हो ।

सन् २०१३मा टोटेनह्याम छाडेपछि रियलसँग चार सिजन बिताएका बेल त्यस समयको कीर्तिमानी रकममा रियलसँग आबद्ध भएका थिए । ८५.३ मिलियन पाउण्डमा रियलसँग आबद्ध हुदाँ त्यो विश्व कीर्तिमानी रकम थियो ।  त्यसयता बेलले रियलसँग तिन च्याम्पियन्स लिग जिती सकेका छन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.