8 years ago
July 5, 2017
पोर्चुगल (एजेन्सी) – रियल म्याड्रिडसँग १० वर्ष बिताएका पोर्चुगेली सेन्टर डिफेन्डर पेपेले टर्कीस लिग च्याम्पियन बेसिक्टास सँग सम्झौता गरेका छन्। रियल म्याड्रिडसँग सम्झौता समाप्त भएको र नयाँ करार नपाएकोले पेपेको रियल म्याड्रिड करियर समाप्त भएको हो।
यसअघि पिएसजीसँग नजिकिएको सम्झौता विफल भएपछि पेपेले बेसिक्टासमा कुरा अघि बढाएका थिए। पिएसजीसँग मेडिकलसम्म गरेका पेपे र क्लब बिच करारको अवधिमा कुरा नमिलेपछि अन्तिम समयमा सम्झौता हुन सकेन। पेरिसले २ वर्षको करार गर्ने इच्छा देखाएपनि पेपेले कम्तिमा ३ वर्षको सम्झौता हुनुपर्ने माग राखेका थिए।
पेपेले बेस्किटाससँग २ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। फ्री एजेन्ट रहेकाले रियल म्याड्रिडले कुनै स्थानान्तरण रकम नपाउने प्रावधान रहेको छ। पेपेले सन् २००७मा पोर्टो छाडेर रियल पुगेयता ३ सय ३७ खेल खेलेका थिए। उनले रियलमा छंदा समान ३ पटक ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेका थिए।
पोर्चुगललाई कन्फेडेरेसन कपको तेश्रो स्थानको खेलमा कप्तानी गर्दै जित दिलाएका पेपेले प्रतियोगिताको सकिएसँगै इस्तानबुल पुगेर बेसिक्टाससँगको सम्झौता गरेका हुन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]