8 years ago
July 6, 2017
एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका कप्तान वायन रुनीले खेल समयको कमी भएको कारणले क्लब छाड्ने भएका छन्। गत महिना भएो राष्ट्रिय टोलीको छनोटमा नपरेपछि उनले क्लब छाड्ने मनासय बनाएको बुझिएको छ।
आगामी जुनबाट रसियामा सुरु हुने फिफा विश्वकप २०१८मा टोलीमा पर्नका लागि रुनीले नियमित क्लब फुटबल खेल्नुपर्ने र युनाइटेडमा त्यो सम्भव नदेखेपछि उनले अर्को क्लबमा जाने निर्णय लिएका हुन्। उनलाई भित्र्याउन रुनीकै पूर्वक्लब एभर्टनले प्रयास गरिरहेको विभिन्न संचार माध्ययमले जनाएका छन्। रुनी हाल युनाइटेका सर्वाधिक गोलकर्का हुन्।
सन् २००२/०३को सिजनमा १६ वर्ष हुँदै एभर्चनबाट खेलेका रुनीले सन् २००४को युरो खेलेका थिए। त्यसलगत्तै युनाइटेडले २० मिलियन पाउण्ड तिरेको थियो। उनको हालको करार अवधि सन् २०१९सम्म भएपनि क्लबले सहमतिमा आएर उनलाई एभर्टन जान दिने सम्भावना प्रबल छ।
रुनीको प्रस्थानसँगै युनाइटेडले अल्भारो मोराटालाई भित्र्याउन अन्तिम तयारी गर्दैछ। यता एभर्टन भने रुनीलाई क्लबको पाँचौ नयाँ खेलाडी बनाउने सुरमा छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]