8 years ago
July 6, 2017
एजेन्सी – स्पेनिस टोली बार्सिलोनाका मिडफिल्डर आर्डा टुरानले आफ्नो करार अवधि रहुन्जेल बार्सिलोना नछाड्ने बताएका छन्। ३० वर्षीय टर्कीस मिडफिल्डरलाई आर्सनलले क्लबमा भित्र्याउने प्रयास गरेको थियो।
सन् २०१५को जुलाई महिनामा एट्लेटिको छाडेर बार्सा आएका टुरानले बार्सिलोनाको ट्रान्सफर प्रतिबन्धका कारण ६ महिना मैदानबाहिर रहनुपरेको थियो। गत सिजन ३० खेलमा १३ गोल गरेका टुरानले १४ खेलमा सुरुवात गरेका थिए। उनको करार सन् २०२० सम्म रहेको छ।
बार्सिलोनामा नयाँ प्रशिक्षकको आगमनसँगै टुरानले थप मिहिनेत गरेर सुरुवाती ११मा स्थान बनाउने बताएका छन्। राष्ट्रिय टोलीबाट पछिल्लो महिना सन्न्यास लिएका टुरान अब क्लब करियरमा ध्यान दिन चाहन्छन्। उनले गत सिजन चोटका कारण केहि समय मैदान बाहिर बिताएका थिए।
करारमा अझ ३ वर्ष बाँकी रहेको हुँदा टुरान क्लबमै रहेर खेल्ने उनले बताए। टुरान १२ जुलाईबाट प्रशिक्षणमा सहभागी हुदैंछन्। मेस्सीले नयाँ करार सम्झौता गरेसँगै टुरानले पनि बार्सालाई वचन दिंदा प्रशिक्षक भालभेर्डेलाई थप प्रेरणा मिलेको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]