8 years ago
July 6, 2017
एजेन्सी – स्पेनिस स्ट्राइकर फर्नान्डो टोरेसले एटलेटिको म्याड्रिडसंग १ वर्षको अनुबन्धन थप गर्दै अर्को सिजन एटलेटिकोबाटै खेल्ने भएका छन्। म्याड्रिड हाल ट्रान्सफर प्रतिबन्ध खेपिरहेकोले टोरेसले १ वर्षे सम्झौता थप गरिएको बुझिएको छ।
पहिलोपटक एटलेटिको म्याड्रिड छाडेर लिभरपुल र चेल्सी हुँदै एसी मिलानसम्म पुगेका टोरेसले म्याड्रिड फर्किएयता २८ गोल गरिसकेका छन्। तर विगतका सिजनमा प्रशिक्षक डिएगो सिमिओनीको नजरमा उनि एन्टोइन ग्रिज्मन र केभिन गमेरियोपछि मात्र सुरुवाती एघारमा खेल्न पाएका छन्।
सन् २००१मा डेब्यु गरेयता उनले क्लबका लागि पहिलो स्पेलमा २ सय ४४ खेल खेल्दै ९१ गोल गरेका थिए। उनि सन् २०१५मा पुन: एटलेटिको म्याड्रिड नै फर्किएका थिए। यस एक वर्षको सम्झौता थपिएसँगै अब टोरेस जुन २०१८सम्म एटलेटिकोकै जर्सीमा देखिनेछन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]