8 years ago
July 6, 2017
एजेन्सी – रियल म्याड्रिडले एटलेटिको म्याड्रिडका १९ वर्षीय डिफेन्डर थियो हर्नान्डेजलाई ६ वर्षको लागि अनुबन्धन गरेको छ। ११ वर्षको उमेरदेखि एटलेटिको म्याड्रिडबाट खेलेका हर्नान्डेजले एटलेटिको म्याड्रिडको नयाँ करारलाई नकार्दै रियल म्याड्रिड जान चाहेको इच्छा जाहेर गरेका थिए।
गत सिजन अलाभेसबाट ला लिगा खेलेका हर्नान्डेजको एटलेटिको म्याड्रिडसँग सन् २०२१सम्म सम्जौता थियो। तर रियल म्याड्रिडले उनलाई भित्र्याउन चाहेको भनेपछि हर्नान्डेजले जसरी भएपनि बर्नाबाउ जाने माग राखेका थिए। यसअघि रियल र एटलेटिको बीच एक अर्काको खेलाडी किनबेच नगर्ने भद्र सहमति रहेको थियो। तर यस स्थानान्तरणसँगै उक्त सहमति पनि तोडिएको छ।
एटलेटिको म्याड्रिडले एक विज्ञप्ति जारी गर्दै अन्य युरोपका क्लबले उनलाई अनुबन्धन गर्न खोजेको र एटलेटिको आफैंले पनि नयाँ करार दिन खोज्दा खेलाडी आफैंले सबै नकारेर रियल म्याड्रिडनै जाने निर्णय लिएको बताएको छ। उनलाई लिभरपुल र बार्सिलोनाले पनि अनुबन्धन गर्न खोजेका थिए।
यता रियल म्याड्रिडले भने मार्सेलोका उत्तराधिकारी बन्न सक्ने क्षमता भएका डिफेन्डरलाई सोमबार क्लबका समर्थक र मिडिया समक्ष प्रस्तुत गर्ने जानकारी दिएको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]