8 years ago
July 6, 2017
एजेन्सी – स्पेनिस क्लब सेभिल्लाका कप्तान भिसेन्टे इबोर्रालाई इङ्गलिस प्रिमियर लिग क्लब लेस्टर सिटिले अनुबन्धित गरेको छ। २९ वर्षीय डिफेन्सिभ मिडफिल्डरलाई भित्र्याउन लेस्टरले करिब १५ मिलियन पाउण्ड खर्चिएको अनुमान गरिएको छ।
गत सिजन ला लिगामा ३१ खेल खेलेका इबोर्राले ७ गोल र २ असिस्ट प्रदान गरेका थिए। उनको प्रेरणादायी प्रदर्शनमा सेभिल्लाले लिगमा चौथो स्थान प्राप्त गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको थियो। सन् २०१३मा लेभान्तेबाट सेभिल्ला आएका इबोर्राले लगातार ३ युरोपा लिग उपाधि जितेका थिए। उनले सेभिल्लाका लागि करियरमा १ सय ७२ खेल खेल्दै ३० गोल प्रहार गरेका थिए।
स्पेनिस मिडफिल्डरलाई अनुबन्धित गरेपछि लेस्टरका प्रशिक्षक क्रेग सेक्सपियरले हर्षित भएको बताए। ‘उनले स्पेनमा रहँदा सेभिल्लालाई राम्रो प्रदर्शन गर्दै महत्वपूर्ण उपाधि पनि दिलाएका छन्। उनको उपस्थितिले हाम्रो टोलीमा थप प्रतिस्पर्धा बढ्नेछ।’
इबोर्राले पनि लेस्टरमा आएर प्रिमियर लिग खेल्न पाउँदा खुसि भएको बताए। ‘म प्रिमियर लिग खेल्न पाउँदा निकै उत्साहित छु। यस क्लबका बारेमा मैले सबै राम्रो चुनेको छु र छिट्टै मैदानमा उत्रन आतुर छु।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]