8 years ago
July 7, 2017
एजेन्सी – स्पेनिस राष्ट्रिय टोलि एवं बार्सिलोनाका मिडफिल्डर सर्जियो बुस्केट्सले आफ्नो पोजिसनमा खेल्ने खेलाडीमा रियल म्याड्रिडका क्यासेमिरो सर्वोत्कृष्ट रहेको अभिव्यक्ति दिएका छन्। गत सिजन रियल म्याड्रिडले च्याम्पियन्स लिग र स्पेनिस लिग जित्दा क्यासेमिरोले राम्रो प्रदर्शन गरेका थिए।
बुस्केट्सलाई विश्वका ५ उत्कृष्ट डिफेन्सिभ मिडफिल्डरको नाम सोध्दा उनले सुरुमै क्यासेमिरोको नाम लिंदै उनले निकै राम्रो प्रदर्शन गरिरहेको बताए। ‘क्यासेमिरो निकै भरपर्दा खेलाडीको रुपमा आफुलाई उभ्याउन सफल रहिसकेका छन्। उनले गत सिजन म्याड्रिडको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।’
क्यासेमिरोपछि उनले भिल्लारियलबाट खेलिरहेका मिडफिल्डर ब्रुनोको नाम लिए। त्यसपछि उनले प्रिमियर लिगमा खेल्दै आएका स्पेनिस मिडफिल्डर आन्देर हर्रेरा र चेल्सीका एनगोलो कान्टे र नेमान्जा माटिचको नाम लिए।
बार्सिलोना र रियल म्याड्रिड सिजनको सुरुवातमा हुने स्पेनिस सुपर कपमा आमने सामने हुँदैछन्। पहिलो लेग अगष्ट १२मा खेलिनेछ भने दोश्रो लेग २ दिनपछि १५ अगष्टमा हुनेछ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]