default_image

8 years ago

July 8, 2017

यू २३ नेपालविरुद्ध बंगलादेश – मैत्रीपूर्ण खेलको सम्पूर्ण जानकारी

203 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू–२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेका नेपाल र बंगलादेशबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित क्रृतिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ । खेलको सम्पूर्ण जानकारी यहाँ पाउन सकिन्छ ।

मैत्रीपूर्णखेलको जानकारी

खेल हुने मिति                   – २०७४ असार २७ गते, मंगलबार

खेल समय                       –  नेपाली समय अनुसार दिउँसो ३ः०० बजे

खेल मैदान                       –  सातदोबाटोस्थित एन्फाको क्रृतिम घाँसे मैदानमा

टिकट दर                         –   साधरण प्यारापिटतर्फ प्रति टिकट ५ सय र भिआइपीतर्फ प्रति टिकर १ हजार रुपैयाँ

टिकट बिक्रि गरिने संख्या – १४ सय वटा

लाइभ कसरि हेर्ने ? एपी वन (AP1) एच डी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ

अनलाइन कसरी हेर्ने ? एपी वन एच डी युटुबमा आधिकारिक रुपमा हेर्न सकिने

टिकट कसरि खरिद गर्ने ?
टिकट किन्नका लागि इसेवा खाता हुने समर्थकले football.esewa.com.np मा गएर आफैं खरिद गर्न सकिनेछ । इसेवा नभएका समर्थकले नजिकैको इसेवा एजेन्टमार्फत टिकट खरिद गर्न सक्नुहुनेछ । काठमाडौँभर आफ्ना ५ हजार एजेन्ट रहेको इसेवाले बताएको छ ।

टिकट खरिद गर्नेले मैदानमा आउँदा अनिवार्य रुपमा आफ्नो परिचयपत्र बोक्नुपर्ने बताइएको छ ।

 

 

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.