default_image

8 years ago

July 8, 2017

बाप्पे नआए पिएसजीले कुटिन्हो भित्र्याउने

163 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेनले मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई भित्र्याउन नसकेको खण्डमा लिभरपुलका फिलिप कुटिन्होलाई ल्याउने भएको छ। म्याड्रिड र पेरिसबीच बाप्पेलाई भित्र्याउन प्रतिस्पर्धा चलिरहे पनि मोनाकोले भने उनलाई कुनै हालतमा नबेच्ने जनाउँदै आएको छ। 

१९ वर्षीय बाप्पेलाई क्लबमा ल्याउन नसकेको खण्डमा पिएसजीले ब्राजिलियन राष्ट्रिय टोलीक मिडफिल्डर कुटिन्होलाई भित्र्याउने भएको हो। सन् २०२२ सम्म लिभरपुल रहने निर्णय लिएर गत वर्ष मात्र नयाँ सम्झौता गरेका कुटिन्होलाई भित्र्याउन ९० मिलियन युरोसम्म खर्च गर्नुपर्ने पिएसजीको बुझाई छ।

यता लिभरपुलले भने उनलाई बेच्दा अर्को खेलाडी किन्न पर्याप्त समय बाँकी रहे मात्र ब्राजिलियन मिडफिल्डरलाई जना दिने सम्भावना छ। उनको सम्झौतामा कुनै किसिमको रिलिज कलज नरहेकाले लिभरपुलले अझै धेरै रकमको माग गर्ने सम्भावना पनि उत्तिकै छ।

मोनाकोले बाप्पेलाई क्लबमै राख्ने ठुलो प्रयास गरेको फुटबल जानकार बताउँछन्।  पेरिस र म्याड्रिडका क्लबले १०० मिलियन भन्दा बढीको प्रस्ताव राखिसकेको र मोनाकोले दुवैलाई नकारेको फ्रान्सेली मिडियाले जनाएका छन्।  उनलाई क्लबमा भित्र्याउन म्याड्रिडले १ सय २० मिलियन युरोको प्रस्ताव राख्ने बुझिएको छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.