default_image

8 years ago

July 9, 2017

पाकिस्तानमा रोनाल्डिन्होको टोली विजयी

100 views

0 Bookmark

कराची (एजेन्सी) –पाकिस्तानको कराचीमा भएको ‘सेभेन ए साइड’ फुटबलमा ब्राजिलियन फुटबलर रोनाल्डिन्हो , म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर रायन गिग्स , फ्रान्सका निकोलस एनेल्का गरी सात फुटबलका स्टारहरु बीच खेल सम्पन्न भयो।

ronaldinho and giggs

दुइ खेल खेल्न शनिबार पाकिस्तान पुगेका खेलाडीहरुको टोलीमा रोनाल्डिन्हो र गिग्सले एक-एक टोलीको कप्तानी गरेका थिए । कराचीमा सम्पन्न पहिलो खेलमा रोनाल्डिन्होको टोलीले गिग्सको टोलीलाई ३-२ ले पराजित गरेको थियो। दोस्रो खेल आइतबार लाहोरमा हुनेछ ।

रोनाल्डिन्हो, गिग्स र एनेल्का सहित डच स्टार जोर्ज बोएटांग , फ्रान्सका रोबर्ट पिरेस , पोर्चुगलका लुइस बोए मोर्टा र इङ्ल्याडण्का पूर्व गोलकिपर डेभिड जेम्स गरि सात खेलाडी पाकिस्तान आएका हुन् । पाकिस्तानका खेलाडीहरुसँग मिलेर दुइ टोलीमा विभाजित खेलाडीहरुले शनिबार राति मैत्रीपूर्ण खेल खेलेका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.