8 years ago
July 9, 2017
चितवन (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब चितवनले अनाथ बालबालिकालाई फुटबल, भलिबलसहित लत्ताकपडा र फलफूल वितरण गरेको छ । पुलिस पब्लिक क्याम्पेन फर स्ट्रिट चिल्डे«न संस्थामा रहेका ६ देखि १४ बर्षसम्मका अनाथ बालबालिकाको क्षमता अभिबृद्धि तथा प्रोत्साहनका लागि पनि कार्यक्रम सञ्चालन गरिएको थियो । अनाथलयमा ४० जना बालबालिका रहेका छन् ।

आगामी दिन मा पनि सहयोग र प्रोत्साहनका कार्यक्रम सन्चालन गर्ने बार्सा चितवनका संस्थापक कुशल लामिछानेले बताए । कार्यक्रममा बालबलिकाहरु को लागि शैक्षिक तथा शिक्षामुलक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । राजकुमार रोकायाको सभापतित्वमा भएको कार्यक्रम आयोजनाको पहल बिमोचन पौडेल र नितेश रानाभाटले गरेका थिए ।
कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै पौडेलले आउने दिनमा पनि यस्ता कार्यक्रमको निरन्तरताका लागि दाताहरुको सहयोगको अपेक्षा राखे । नितेश रानाभाटले कार्यक्रममा गीत प्रस्तुत गरे ।
बार्सा फ्यान क्लबले यसअघि पनि विपन्न र अनाथ लाई सहयोग गर्दै आएको छ । फुटबल समर्थक र फुटबल खेल विकास को उद्देश्य राखेर चितवन र नवलपरासीका युवाको सक्रियातामा बार्सा चितवन गठन गरिएको रानाभाटले जानकारी दिए ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]