8 years ago
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपालसँगको मैत्रीपूर्ण खेलका लागि आज नेपाल आइपुगेको बंगलादेशको युवा टोलीले सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा आजै प्रशिक्षण गरेको छ। एएफसी यु २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेशले मंगलबार सातदोबाटोस्थित मैदानमा मैत्रीपूर्ण खेल हुनेछ ।
बंगलादेशको टोली दिउँसो १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो। टोलीले साँझ ५ बजे सातदोबाटोमा अभ्यास सेसन राखेको थियो। ३० सदस्यीय पाहुना टोलीमा २३ खेलाडी र ७ अफिसियल सामेल छन्।
संयुक्त अरब इमिरेट्समा (युएई) हुने यु २३ च्याम्पियनसिप छनोटको समूह ‘डी’ मा रहेको नेपालले पहिलो खेल असार ३१ गते खेल्नेछ। आयोजक युएईसँगै नेपालको समूहमा उज्बेकिस्तान र लेबनान रहेका छन्। नेपालले पहिलो खेलमा आयोजक राष्ट्र युएईसँग खेल्दैछ भने साउन २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेलमा नेपालले साउन ४ गते लेबनानको सामना गर्नेछ।
बंगलादेश समूह ‘इ’मा जोर्डन, ताजिकिस्तान र प्यालेस्टाइनसँग रहेको छ। बंगलादेशले पहिलो खेल साउन ४ गते खेल्नेछ। बंगलादेशको सबै खेल प्यालेस्टाइनमा खेलिनेछ। नेपाली टोली असार २९ गते युएईतर्फ प्रस्थान गर्नेछ।
टोलीको प्रशिक्षणका केहि तस्बिरहरु:
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]