default_image

8 years ago

July 10, 2017

एलनको सम्भावना बलियो – यू२३ टोलीका गोलरक्षकहरु

99 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत आगामी असार ३१ बाट युएईमा नेपालले समूह चरणका खेलहरु खेल्दैछ। त्यसै प्रतियोगिताको तयारीका लागि भोली नेपाल र बंगलादेशको यू२३ टोलीबीच मैत्रीपूर्ण खेल संचालन हुँदैछ।

प्रशिक्षक राजु काजी शाक्यको टोलीले प्रतियोगिताको लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ४ मध्ये ३ गोलरक्षक अन्तिम टोलीमा अटाए। एलन न्यौपाने, अशोक बराल र किशोर गिरिले अन्तिम टोलीमा स्थान बनाए भने रोमन रसाइली टोलीमा परेनन्। गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्रले विगत ३ सातायता टोलीलाई प्रशिक्षण दिइरहेका थिए।

अन्तिम टोलीमा पर्न सफल गोलरक्षकहरु:

१. एलन न्यौपाने
थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका एलन विगत लामो समयदेखि उमेर समूहको टोलीमा रहेका छन्। राष्ट्रिय टोलीको अन्तिम टोलीमा समेत स्थान बनाउन सफल न्यौपाने यस टोलीका सुरुवाती गोलरक्षक रहने लगभग पक्का छ। थ्री स्टारको पहिलो रोजाई बनिसकेका एलनले यसअघि उमेर समूहको यू२३मै पनि खेलिसकेका छन्।

२. अशोक बराल
पछिल्लो पटक सरस्वति क्लबबाट लिग खेलेका अशोकले उमेर समूहका प्रतियोगिताहरुमा पनि खेलेका छन् एन्फा एकेडेमीमा रहेर यू१९मा पनि सहभागिता जनाएका बरालले मोफसलका केहि प्रतियोगिताहरु पनि खेल्दै आएका थिए

३. किशोर गिरि
झापाका किशोर गिरीले राष्ट्रिय लिगमा मोरङ फुटबल क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तानेका थिए त्यसपछिका मोफसलका प्रतियोगितामा उनले झापा एघार देखि हिमालयन शेर्पासम्मको जर्सी लागौं भ्याए हाल शेर्पासँग आबद्ध रहेका किशोर पहिलोपटक उमेर समूहको टोलीमा अटाएका हुन्

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.