8 years ago
July 10, 2017
स्पेन (एजेन्सी) – प्रशिक्षक जिनेदिन जिदानका माइला छोरा लुका रियल म्याड्रिडको पहिलो टोलीमा पर्ने सम्भावना बढेको छ । जिदानका जेठा छोरा इन्जो नियमित खेल्ने पाउने आशा सहित केही साता अघिमात्र रियल छाडेर डिपोर्टिभो अलाभेससँग आबद्ध भएका थिए ।

हाल रियलको दोस्रो टोली रियल म्याड्रिड क्यास्टिलासँग खेल्दै आएका लुका पहिलो टोलीको तेस्रो रोजाईको किपर रुबेन यानेजले क्लब छाड्ने भएपछि उनको स्थानमा पहिलो टोलीमा पर्ने सम्भावना बढेको हो । रियलको पहिलो रोजाईमा कलर नाभास र दोस्रो रोजाईमा किको कासिला रहेपनि स्पेनिस च्याम्पियन्सको तेस्रो रोजाईको किपर बन्ने अवसर जिदानका माइला छोरा लुकालाई मिल्ने सम्भावना छ ।

१६ बर्ष देखि सबै खाले उमेर समूहमा फ्रान्सको प्रतिनिधित्व गरिसकेका लुका प्रि सिजनको खेलहरुमा रियलको पहिलो रोजाईको टोलीमा पर्न सक्नेछन् ।
यानेजले क्लब छाड्ने निर्णय गरिसके पछि लुका रियलको पहिलो टोलीको तेस्रो रोजाई बन्ने वा रियलकै दोस्रो टोलीमा नियमित खेल्ने दोधारमा पर्न सक्नेछन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]