8 years ago
July 10, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका नेपाल र बंगलादेश यू२३ राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा आमने-सामने हुँदैछन्। खेल एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा मंगलबार दिउसो ३ बजे हुँदैछ।
खेलको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बंगलादेशका अष्ट्रेलियन प्रशिक्षक एन्ड्रयु ओर्डले नेपाली टोलीसँगको खेल सहज नहुने बताएका छन्। ‘मैले नेपाली राष्ट्रिय टोलीको पछिल्ला २ खेल हेरेको छु। मैले टोली निकै छरितो, बलियो र आक्रमक पाएँ। अहिलेको टोलीमा पनि अधिकांश खेलाडी राष्ट्रिय टोलीको रहेको हुनाले मैले त्यस्तै किसिमको प्रदर्शनको अपेक्षा राखेको छु। भोलीको खेल दुवै टोलीको लागि सहज हुने छैन। घरेलु मैदान भएकाले नेपाललाई अलि फाइदा हुने देखिन्छ।’
उनले आफु भर्खरै मात्र बंगलादेशी टोली सम्हालेको र दक्षिण एसियाली फुटबलबारे धेरै जानकारी नरहेको पनि जानकारी दिए। एष्ट्रो टर्फमा खेल्नुपर्दा केहि फरक अनुभव हुने उनले बताए। ‘हामीले यहाँ खेलेको टर्फ र बंगलादेशमा रहेको टर्फमा भिन्नता छ। हाम्रो छनोट चरणको खेलमा पनि टर्फनै रहेको बुझेको छु। तर खेलाडीहरु घाँसे मैदानमा खेल्न मन पराउने र बानी परिसकेको कारण पनि केहि असहज पक्कै हुन्छ।’
उनले एएफसी यू२३ को छनोटमा भने टोली कठिन समूहमा रहेकोले केहि भन्न नसक्ने बताए। ‘हामी रहेको समूह निकै कठिन रहेको छ। आयोजक प्यालेस्टाइनसँगै जोर्डन र ताजिकिस्तान रहेको समूहमा हामीले सक्दो राम्रो प्रदर्शन गरेर नतिजाको अपेक्षा गर्ने हो।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]