default_image

8 years ago

July 11, 2017

बंगलादेश विरुद्ध नेपालको सम्भावित सुरुवाती एघार

152 views

0 Bookmark

काठमाडौँ (हाम्री खेलकुद) – नेपाल यू२३ र बंगलादेश यू२३ बीच आज सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको कृत्रिम घाँसे मैदानमा मैत्रीपूर्ण खेल हुँदैछ एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणको तयारीमा रहेका टोलीले दिउसो ३ बजे खेल्दैछन्

विमल घर्ती मगर कप्तान रहेको टोलीका प्रशिक्षक राजु काजी शाक्य रहेका छन् सहायक प्रशिक्षकमा प्रकाश अर्याल छन् भने गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र रहेका छन्। यस खेलको सम्भावित सुरुवाती एघार यसप्रकार छ:

गोलरक्षण: एलन न्यौपाने

डिफेन्स: दिनेश राजवंशी – अनन्त तामाङ – गौरब बुढाथोकी – कमल श्रेष्ठ/अमित तामाङ

मिडफिल्ड: सुमन लामा – हेमन गुरुङ – हेमन्त थापा मगर – सुनिल बल

फरवार्ड: बिमल घर्ती मगर – अन्जन बिष्ट

राष्ट्रिय टोलीका १० खेलाडी रहेकोमा सबै १० खेलाडीले सुरुवात गर्ने सम्भावना छ। लेफ्ट ब्याकमा अमित तामाङ र कमल श्रेष्ठमा एक खेलाडीले खेल्नेछन्। मिडफिल्डमा हेमन्त र हेमनको उपस्थितिले डिफेन्सिभ रुपमा कमजोर हुने कारणले प्रशिक्षकले परिवर्तन गर्ने सम्भावना उत्तिकै छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.