8 years ago
July 11, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणमा सहभागिता जनाउन नेपाली टोली यहि असार २९ गते युएईतर्फ प्रस्थान गर्दैछ। नेपाली टोलीमा रहेका अन्तिम २३ खेलाडीको नाम सार्वजनिक भइसकेको छ। टोलीमा ३ प्रशिक्षकको रहेका छन्।
मुख्य प्रशिक्षक राजु काजी शाक्य
राष्ट्रिय टोलीका समेत प्रशिक्षक रहेका राजु काजी शाक्यले यसअघि नेपालले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्दा टोलीको प्रशिक्षण सम्हालेका थिए। उनले त्यसअघि पनि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालीसकेका छन्। एएफसी सोलिडारिटी कप जित्दा राष्ट्रिय टोलीका प्रशिक्षण टोलीमा रहेका शाक्य खेलाडीसंग राम्रैसँग परिचित छन्।
सहायक प्रशिक्षक प्रकाश अर्याल
सहायक प्रशिक्षक अर्यालको यो कुनै पनि उमेर समूहको राष्ट्रिय टोलीमा पहिलो पटक सहभागिता हो। धनुषा जिल्ला फुटबल संघका मुख्य प्रशिक्षक अर्यालको प्रशिक्षण अनुभव भने लामै छ। उनले विगत १ दशक देखि प्रशिक्षण दिंदै आएका छन्।
गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र
प्रशिक्षक मृगेन्द्र मिश्र पनि नेपाली फुटबलमा नयाँ नाम हैनन्। यू १९ साफ विजेता टोलीका प्रशिक्षक रहेका मिश्र १२औं सागमा स्वर्ण पदक जित्दा पनि टोलीका सदस्य थिए। आफ्नो जमानामा राष्ट्रिय टोलीका सदस्य रहेका मिश्र अनुभवी प्रशिक्षक हुन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]