default_image

8 years ago

July 11, 2017

नेपालको जितमा कप्तान विमलको गोल [भिडियोसहित]

237 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल यू२३ राष्ट्रिय टोली र बंगलादेश यू२३ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण खेलमा नेपालले १-०को जित दर्ता गरेको छ। एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणको तयारीका लागि खेलिएको खेलमा नेपालले पहिलो हाफमा अग्रता लिएको थियो। 

खेलको २०औं मिनेटमा कप्तान विमल घर्ती मगरले अन्जन विष्टको पासलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले अन्जनको डी बक्स भित्रको पासलाई पहिलो टचमा टर्न गर्दै आफ्नो फेभरेट बायाँ खुट्टाले प्रहार गर्दै जाली चुमाएका थिए। त्यसपछि विमलले अर्को मौका पाएपनि उनको कडा प्रहार गोलरक्षकले पहिलो बारमा मुस्किलले बचाएका थिए।

उक्त सट प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको काँधमा चोट लाग्न पुगेको थियो। त्यसपछि उनको स्थानमा विश्वास श्रेष्ठले मैदानमा प्रवेश पाए। पहिलो हाफमा थप कुनै राम्रो अवसर सिर्जना हुन सकेन।

दोश्रो हाफमा नेपालले सुरुवातमा केहि मौका बनाएको थियो। खेलको ६४औं मिनेटमा गोलरक्षक पोजिसनमा नरहेको अवस्थामा अन्जनले उत्कृष्ट ओभरहेड सट प्रहार गरेपनि उक्त सट डिफेन्सलाई लाग्दै बाहिरिएको थियो। बंगलादेशका लागि हेमन्तो विश्वासको बक्स बाहिरबाट गरेको प्रहारलाई ६९औं मिनेटमा गोलरक्षक एलन न्यौपानेले मुस्किलले बचाएका थिए।  त्यसपछि ७८औं मिनेटमा सुनिल बलले सुनौलो मौका गुमाए। सुमन लामाको लेअफमा सुनिलको सट आकाशिएको थियो।

खेलको दोश्रो हाफको इन्ज्युरी समयको तेश्रो मिनेटमाविवेक बस्नेतको पासमा विश्वास श्रेष्ठले गोल गर्ने सुनौलो मौका चुकाएका थिए।  गोलरक्षक पोजिसनमा नभएको बेलामा उनले बललाई पोष्टको दिशा दिन सकेनन्। खेलमा थप गोल हुन नसकेपछि कप्तान विमलले पहिलो हाफमा गरेको गोलनै निर्णायक सावित भयो।

खेलको हाइलाइट्स:

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.