8 years ago
July 12, 2017
एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व-खेलाडी एवं रियल म्याड्रिड लेजेण्ड रोबर्टो कार्लोस यसै साता नवौं सन्तानको पिता भएका छन्। उनकी हालकी पत्नी मारियानाबाट भएको दोश्रो सन्तानका रुपमा छोरीको जन्म भएको हो।
म्याड्रिडस्थित क्लिनिक रुबर अस्पतालमा कार्लोसकि नवौं सन्तानको जन्म भएको हो। ४४ वर्षीय कार्लोसको हालकी पत्नी मारियानाबाट सन् २००९मा पहिलो छोरी मानुएलाको जन्म भएको थियो। उनको अन्य सम्बन्धबाट ७ सन्तान रहेका छन्।
आफ्नो पहिलो श्रीमती अलेजान्द्राबाट उनको ३ सन्तान रहेका थिए। रोबर्टा, जिओभाना र रोबर्टो कार्लोस जुनिएर उनको पहिलो श्रीमतीपट्टिका सन्तान हुन्। यसबाहेक उनका अन्य सम्बन्धबाट पनि ४ छोराहरु रहेका छन्। कार्लोस एडुआर्डो, क्रिस्तोफर्म जुनियर र लुका अन्यत्रको सम्बन्धबाट जन्मेका सन्तान हुन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]