default_image

8 years ago

July 12, 2017

इन्स्टाग्रामबाट सर्वाधिक कमाउनेमा रोनाल्डो तेस्रो

130 views

0 Bookmark

लण्डन (एजेन्सी ) – धेरै मानिसले इन्स्टाग्रामलाइ एक सामाजिक सञ्जालको रुपमा मात्र हेरेका छन् तर सेलिब्रिटीलाइ यो पैसा कमाउने माध्यम पनि बनेको छ। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा प्रायोजित सामाग्री पोष्ट गरेर सर्वाधिक रकम असुल्ने पुरुष हुन् भने सर्वाधिक कमाउनेमा उनि तेस्रो स्थानमा छन्।

Recover stronger with a combination of carbs and protein to aid in muscle repair. #TrueToYourStory #sponsored

A post shared by Cristiano Ronaldo (@cristiano) on

ronaldo

माथी देखाइएको जस्तो प्रायोजित सामाग्रीको इन्स्टाग्राम मार्फत प्रचार गर्न रोनाल्डोले प्रति पोस्ट ३ लाख ८ हजार पाउण्ड लिने गरेका छन्। यो रकम एक  स्टार फुटबल खेलाडीको १ साताको तलब भन्दा धेरै हो।

त्यस्तै रोनाल्डो भन्दा धेरै कमाउनेमा गायिका सेलेना गोमेज र किम कार्डिसन रहेका छन्। सेलेनाले प्रति पोस्ट ४ लाख २४ हजार पाउण्ड लिन्छिन भने कार्डिसनले ३ लाख ८५ हजार लिने गरेकी छिन्।

रोनाल्डो बाहेक शिर्ष १० मा पर्न सफल अर्का खेलाडी बास्केटबलका लेब्रन जेम्स हुन्। उनले प्रति पोस्ट ९२ हजार पाउण्ड लिने गरेका छन्।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.