8 years ago
July 12, 2017
एजेन्सी – एसी मिलानक युवा गोलरक्षक जियानलुइजी डोन्नरुम्माले पुरानै क्लबमा नयाँ सम्झौता गरेपछि स्पेनिस टोली रियल म्याड्रिडको सबै प्रयास बिफल भएको छ। जुन महिनामा डोन्नरुम्माले एसी मिलानसँग नयाँ सम्झौता गर्न नमानेपछि रियलले उनलाई भित्र्याउने प्रयास गरेको थियो।
तर १८ वर्षीय गोलरक्षकले मंगलबार मिलानमै बस्ने निर्णय लिएको क्लबको वेबसाइटमा उल्लेख गरिएको छ। डोन्नारुम्माले मिलानसँग ४ वर्षको लागि नयाँ सम्झौता गरेका हुन्। इटालीको राष्ट्रिय टोलीका लागि ४ खेल खेलिसकेका डोन्नारुम्मालाई हाल राष्ट्रिय टोलीका कप्तान रहेका गोलरक्षक जियानलुइजी बुफोनको उत्तराधिकारीका रुपमा हेरिंदै आएको छ।
गत सिजन एसी मिलानका लागि सिजनको सबै ३८ लिग खेलमा सुरुवात गरेका डोन्नारुम्माले अहिलेसम्म क्लबका लागि ७० खेल खेलिसकेका छन्। उनले १६ वर्षको उमेरमै मिलानको सिनियर टोलीबाट खेलेका थिए। त्यसपछि नियमित पहिलो टोलीमा रहँदै आएका डोन्नारुम्मालाई मिलानले कम्तिमा सन् २०२१सम्म सानसिरोमै राख्ने पक्का भएको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]