8 years ago
July 12, 2017
एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले अमेरिकामा हुने प्रि-सिजनका खेलका लागि घोषणा गरेको २६ सदस्यीय टोलीमा फरवार्ड क्रिस्टियानो रोनाल्डोको नाम रहेको छैन। गत महिना सम्पन्न फिफा कन्फेडेरेसन कपमा पोर्चुगलको राष्ट्रिय टोलीको कप्तान रहेका रोनाल्डो हाल परिवारसँग बिदा मनाउँदै छन्।
भर्खरै जुम्ल्याहा सन्तानका पिता बनेका रोनाल्डोले कम्तिमा १ महिना आराम गर्ने बताएका थिए। उनले आगामी अगष्ट महिनाको पहिलो सातातिर मात्र टोलीमा सामेल हुने बुझिएको छ। रोनाल्डोले अमेरिकामा रियलले खेल्ने ४ खेल गुमाउने पक्का भएको छ। रियलले म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटि, बार्सिलोना र एमएलएस अल स्टार टोलीसँगका खेलहरु गुमाउने भएका छन्।
रियलले अगष्ट ८ तारिखमा हुने युईएफा सुपर कप अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा भने पुनरागमन गर्ने आशा राखिएको छ। रोनाल्डोसँगै स्पेनको युरो यू२१ च्याम्पियनसिपमा सहभागी भएका मिडफिल्डर मार्को एसेन्सियो र जेसस् भालेहोले पनि केहि समय पछिमात्र टोलीमा समावेश हुनेछन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]