default_image

8 years ago

July 13, 2017

बार्सिलोनाको प्रि-सिजन खेल तालिका

116 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा युभेन्सटको सामना गरेर यस सिजनको प्रि-सिजन खेलको सुरुवात गर्नेछ। पहिलो खेलमा युभेन्टसपछि दोस्रो खेलमा बार्साले म्यानचेस्टर युनाइटेडको सामना गर्ने छ भने प्रतियोगिताको अन्तिम खेलमा चिर परिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडको सामना गर्नेछ ।

बार्सिलोनाले पहिलो खेल जुलाई २२ मा युभेन्टससँग न्यू जर्सीमा खेल्नेछ भने मेरील्याण्डमा जुलाई २६मा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। त्यस्तै अमेरिकाको फ्लोरिडामा बार्सिलोनाले इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गतको अन्तिम खेलमा रियल म्याड्रिडको सामना गर्नेछ।

अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपको सहभागिता पछि बार्सिलोनाले घरेलु मैदानमा गत वर्ष विमान दुर्घटनामा लगभग सम्पूर्ण टोली गुमाएको चापेकोएन्सीलाई निम्त्याउनेछ।

खेल तालिका 

Barcelona

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.