8 years ago
July 13, 2017
एजेन्सी – म्यानचेस्टर युनाइटेडमा सन् २०११बाट अनुबन्धित भएका बेल्जियन मिडफिल्डर अदनान जानुजाज ६ वर्षको उतारचढावले भरिपूर्ण युनाइटेडसँगको सम्बन्धलाई तोड्दै रियल सोसिडाड पुगेका छन्। १८ वर्षको उमेरमै सर एलेक्स फर्गुसनले युनाइटेडको सिनियर टिममा राखेका जानुजाजले रोनाल्डोका उत्तराधिकारीका रुपमा हेरिएको थियो।
रियल सोसिडाडले ९.८ मिलियन पाउण्ड तिरेर जानुजाजलाई क्लबमा भित्र्याएको हो। सन् २०१३मा युनाइटेडको सिनियर टिमबाट डेब्यु गरेका जानुजाजले लामो समयसम्म भने पहिलो रोजाईमा खेल्न सकेनन्। उनको प्रदर्शनमा सुधार नआएपछि उनलाई युनाइटेडले विगतका दुइ सिजनमा बोरुसिया डर्टमुण्ड र सन्डरल्याण्डमा लोनमा पठाएको थियो। गत सिजन जानुजाजले सन्डरल्याण्डबाट खेल्दा खराब प्रदर्शन गरेसँगै टोली पनि प्रिमियर लिगबाट तल्लो डिभिजनमा घटुवा भएको थियो।
सन् २०१३मा युनाइटेडका लागि डेब्युमा २ गोल गर्दै खेलमा पछाडी पारेको युनाइटेडलाई २-१को जित दिलाएका थिए। त्यसबेलाका प्रशिक्षक डेबिड मोएसले जानुजाजलाई प्राथमिकतामा राख्दै उनलाई त्यस सिजन ३५ खेल खेलाएका थिए। तर, त्यसपछि को सिजनमा लुईस भान गालको आगमनसँगै उनले २१ खेलमा मात्र अवसर पाए। भान गालको टोलीमा पर्न असफल रहेपछि उनलाई क्लबले अर्को सिजनको बिचमा डर्टमुण्ड पठाएको थियो।
एक समय युनाइटेडको एकेडेमीमा उत्कृष्ट प्रदर्शन गर्दै एलेक्स फर्गुसनलाई प्रभावित पारेका जानुजाजलाई समर्थकहरुले रोनाल्डोको उत्तराधिकारी मान्दै आएका थिए। तर उनको खस्कँदो प्रदर्शनले उनलाई ला लिगामा छैटौं स्थानमा रहेको रियल सोसिडाडसम्म पुर्याएको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]