8 years ago
July 13, 2017
एजेन्सी – गतसाता मात्र म्यानचेस्टर युनाइटेड बाट एभर्टन पुगेका वायन रुनीले आफ्नो डेब्यु खेलमै उत्कृष्ट गोल गर्दै आफ्नो दोश्रो पटकको एभर्टन यात्राको सुरुवात गरेका छन्। केन्याली च्याम्पियन गोर माहियासँग तान्जानियाको रंगशालामा खेलिएको खेलमा रुनीले करिब ३० यार्ड टाढाबाट खेलको पहिलो गोल गरेका थिए।
प्रि-सिजनको खेलमा व्यस्त रहेको एभर्टनसँग रुनी नयाँ सिजनको तयारीमा लागेका छन्। रुनीले पहिलो पटक एभर्टनबाट सन् २००२मा डेब्यु गर्दा पनि आर्सनल विरुद्ध यस्तै किसिमको गोल मार्फत आफ्नो खाता खोलेका थिए। उनि युनाइटेडबाट खेल्दै क्लब र देशका लागि सर्वाधिक गोलकर्ता बन्न सफल रहेका थिए।
रुनीसँगै एभर्टनले यस सिजन अन्य नयाँ खेलाडीहरु पनि भित्र्याएको छ। आयाक्सबाट मिडफिल्डर डाभी क्लासेन, सन्डरल्याण्डका गोलरक्षक जोर्डन पिक्फर्ड, बर्नलीका माइकल किन र बार्सिलोनाका पूर्व-फरवार्ड स्यान्ड्रो रामिरेज पनि एभर्टन आइपुगेका छन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]