default_image

8 years ago

July 14, 2017

नेपाली टोली युएई पुग्यो

202 views

0 Bookmark

एजेन्सी – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरणका खेलमा सहभागिता जनाउन बिहिबार युएई प्रस्थान गरेको नेपाली टोली खेलस्थल अल आइन सहर पुगेको छ। नेपाली टोलीले पुगेकै दिन हल्का प्रशिक्षण पनि गरेको थियो।

अल आइन पुगेपछि कप्तान विमल [तस्बिर: बासु अवाल-एनएसजेएफ]

टोलीले ४१ डिग्रीको गर्मीमा सेफ बिन महम्मद रंगशालामा प्रशिक्षण गरेको थियो। नेपालको तुलनमा युएईमा अहिले अत्यधिक मात्रामा गर्मि बढेको छ। यसले खेलाडीहरुमा केहि असहजता हुने पक्का छ।

नेपाली टोलीले शनिबार हुने पहिलो खेलमा नेपाली समयानुसार रातको ८:१० बजे आयोजक युएईको सामना गर्दैछ। दोश्रो खेलमा सोमबार त्यसै समयमा उज्बेकिस्तान र नेपालले खेल्नेछन्। अन्तिम खेल भने लेबनानसँग रातको ११:०० बजे बिहिबार खेलिनेछ।

प्रशिक्षणका क्रममा खेलाडी एवं प्रशिक्षक [तस्बिर: बासु अवाल-एनएसजेएफ]

नेपालको समूहको सम्पूर्ण खेल अल आइन सहरको ताहनोन मोहमद बिन रंगशालामा हुनेछ। टोलीमा रहने २३ सदस्यीय टोलीको यसअघिनै घोषणा भइसकेको छ। विमल घर्ती मगर कप्तान रहेका टोलीका मुख्य प्रशिक्षकमा राजु काजी शाक्य रहेका छन्।

प्रतियोगिताको तयारीका लागि नेपालले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशलाई १-०ले पराजित गरेको थियो

२३ सदस्यीय खेलाडीको नाम:

गोलकिपर – एलेन न्यौपाने, अशोक बराल, किशोर गिरी
रक्षक – अनन्त तामाङ, दीनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, निरज बस्नेत, छिरिङ गुरुङ, लक्ष्मण जिसी
मिडफिल्ड – हेमन गुरुङ, हेमन्त मगर, सुमन लामा, सुनिल बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत
फरवार्ड – विमल घर्ती मगर, अन्जन विष्ट, संजोग राई, विश्वास श्रेष्ठ

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.