default_image

8 years ago

July 15, 2017

महंगा डिफेन्डर बन्दै वाल्कर म्यानचेस्टर सिटीमा आबद्ध

166 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– टोटेनह्यामबाट म्यानचेस्टर सिटी पुगेका कायल वाल्कर सबै भन्दा महंगा डिफेन्डर बनेका छन् । सिटीले टोटेनह्यामलाई वाल्करका लागि ५० मिलियन पाउण्ड खर्चेको छ । विभिन्न ‘एड अन’ साथ सिटी पुगेका वाल्करको रकम ५३ मिलियन सम्म पुग्न सक्ने सम्भावना छ ।

Walker

एड अन सहित ५३ मिलियन पाउण्डको मूल्य बराबरका वाल्करले यसघि चेल्सीबाट पिएसजी जाँदा डिभिड लुइजलाई खर्चिएको ५० मिलियन पाउण्डलाई उछिन्दै सबै भन्दा महंगा डिफेन्डर बन्ने सम्भावना बोकेका छन् । त्यस्तै इङ्ल्यान्डका लागि २७ खेल खेलेका वाल्कर सबै भन्दा महंगा इंङ्लिस खेलाडी पनि बनेका हुन् ।

‘मैले टोटेनह्यामबाट धेरै वर्ष खेलेको कारण अहिले सिटी पुग्दा अनौठो लागेको छु ,’ वाल्करले सिटीको आधिकारिक वेभसाइटलाई भने,‘ तर मेरो करियरमा नयाँ सुरुवात हँुदा म खुसी छु । म सिटीमा ट्रफी जित्न चाहन्छु ।’

सिफिल्ड युनाइटेडबाट सन् २००९ मा लन्डनको क्लब पुगेका वाल्करले टोटेनह्याममा ८ वर्ष बिताउने क्रममा २ सय २७ खेल खेलेका थिए । टोटेनह्यामसँग रहदाको अवधिमा उनले क्विन्स पार्क रेन्जर्स , सिफिल्ड युनाइटेड र एस्टन भिल्लाबाट लोनमा खेले ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.