8 years ago
July 15, 2017
सूर्यविनायक (हाम्रो खेलकुद)– फुटबल प्रशिक्षण र एकेडेमी सञ्चालन गर्ने उद्देश्यका साथ ए डिभजन क्लब संकटाले भक्तपुरको सूर्य विनायक नगरपालिकाको वडा नं १० मा जग्गा लिजमा प्राप्त गरेको छ।
सूर्यविनायक नगरपालिकाले क्लबलाई वडा नं १० को सल्पाफाँटमा रहेको ३१ रोपनी जग्गा १५ बर्षका लागि लिजमा दिने सम्झौता आज गरेको हो । जहाँ संकटाले फुटबल मैदान निर्माण गर्ने बताएको छ। ३१ रोपनी जग्गा ९ जना व्यक्तिहरुको स्वामित्वमा रहेको छ । संकटाले जग्गाधनिलाई प्रति वर्ष प्रति रोपनी २७ हजार रुपैयाँ तिर्ने सम्झौतामा उल्लेख गरिएको छ।
संकटाका अध्यक्ष इन्द्रमान तुलाधर र जग्गाधनीका तर्फबाट लव थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । एसियाली फुटबल महासंघ (एएफसी)ले केही बर्षमा नेपालका क्लब पनि क्लब लाइसेन्सिङमा अनिवार्य रुपमा जानु पर्ने बताएपछि संकटाले आफ्नै मैदान निर्माणका लागि यस्तो पहल थालेको हो ।
सूर्य विनायक नगरपालिकाका मेयर वासुदेव थापाले संकटाको प्रयासलाई राम्रो कामको थालनीका रुपमा ब्याख्या गरे । ‘हामीले यसअघि घोषणा गरेजस्तो नमुना नगरपालिका बनाउन खेलकुदमा यसले महत्वपूर्ण सयोग पुग्ने विश्वास लिएका छौं,’ मेयर थापाले भने,‘तपाईहरु निर्धक्क हुनुहोस्, यो कदमले हामीलाई ठूलो सहयोग हुनेछ ।’ उनले १५ बर्षसम्म लिजमा जग्गा लिएकोमा संकटालाई धन्यवाद दिदै आउने दिनमा अबधी अझै थप्न सकेने बताए । यो सम्झौताले स्थानिय जनताहरुले रोजगारी पाउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठले संकटाको सहमतीमा अन्य क्लबले पनि मैदान प्रयोग गन सक्ने बताए । ‘क्लब लाइसेन्सिङमा क्लबको आफ्नै मैदान आवश्यक हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने,‘त्यसैले संकटाको यो कदम प्रशंसा योग्य छ । क्लबले भविष्यमा अझै प्रगती गर्दै जान सकोस् भन्ने शुभकामना दिन चाहन्छु ।’
सूर्यविनायक वडा नं १० का अध्यक्ष शिवराम राउतले स्थानिय विकासका लागि संकटासँगको सहकार्य महत्वपर्ण हुने विश्वास गरे । उनले भौतिक पूर्वाधार निर्माण र अन्य विकासका क्रममा स्थानियले रोगजारी पाउने भन्ने आशा राख्दै वडा अध्यक्ष राउतले क्लबलाई आफुहरुको तर्फबाट पुरा सहयोग हुने वचन दिए ।
एन्फाका प्रमुख कार्यकारी अधिकृति समेत रहेका तुलाधरले फुटबल विकासमा यो कदम महत्वपूर्ण हुने विश्वास गर्दै भने,‘हामी यहाँ पहिला मैदान निर्माण गर्नेछौं र त्यसपछि विस्तारै प्यारापिट लगायतका संरचना निर्माण गर्नेछौं । अब संकटाले लिग र अन्य प्रतियोगिताका तयारी सबै यहि मैदानमा गर्नेछ ।’
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]