default_image

8 years ago

July 15, 2017

आहा रारा गोल्ड कप नाफामा

135 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्ड कपको पछिल्लो संस्करणबाट झन्डै २८ लाख रुपैयाँ बचत हुँदै आएको छ । सहारा एकेडेमीको सञ्चालन समेत गर्दै आएको पोखराको सहारा क्लबले शनिबार १५ औं संस्करणको आयोजनाको आयव्यय सार्वजनिक गर्दै २८ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको छ ।

आहा रारा गोल्ड कपको आयव्यय सार्वजनिक गर्ने शनिबार पत्रकार सम्मेलनमा आयोजक सहाराका पदाधिकारी एवंम् अतिथिहरु ।

आहा रारा गोल्ड कप गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालाामा आयोजना भएको थियो । ११ दिने प्रतियोगितामा ९७ लाख १० हजार ७ सय ६५ रुपैयाँ आम्दानी भएकोमा र त्यसमा प्रतियोगिता आयोजनामा ६९ लाख ३२ हजार ५ सय ७४ रुपैयाँ खर्च भएको क्लबका सल्लाहकार एवं अर्थ संकलन उपसमिति संयोजक टिका बहादुर कार्कीले जानकारी दिए ।

अघिल्लो संस्करणको तुलनामा यो पटक नाफामा केही कमी भएको छ । १४ औं संस्करणमा क्लबले ३५ लाख रुपैयाँ बचत गरेको थियो । अर्थ संयोजक कार्कीका अनुसार टिकट शुल्कबाट ४१ लाख ५० हजार ३ सय ७० रुपैया आम्दानी भएको थियो । जसमा गेट टिकटबाट ३९ लाख ८२ हजार ३ सय ७० र सिजनल टिकटबाट १ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

व्यानर एवं आर्थिक सहयोगबाट २२ लाख ६ हजार ५५, मुख्य प्रयोजक आहा तथा रारा चाउचाउबाट ११ लाख, उप–प्रायोजक माईक्रो म्याक्स मोबाईलबाट २ लाख ९७ हजार ५ सय, गोर्खा बु्रअरीबााट २ लाख ५५ हजार, पाँच विधा प्रायोजक पृथ्बीराजमार्ग बस संचालक समितिबाट १ लाख ५० हजार, नोभा शुद्ध र ताजा दुधबाट १ लाख ६० हजार रुपैयाँ प्राप्त भएको बताइएको छ ।

त्यस्तै दैनिक खेलाडी भ्रमण खर्च म्याच मनि सहित २४ लाख २६ हजार ९ सय ६१ रुपैया खर्च भएको अर्थ संयोजक कार्कीले जनाए । त्यसै गरी प्रोत्साहन खर्च ८ लाख ५२ हजार, आयोजक टिम तयारी खर्च ६ लाख ८३ हजार १ सय २ रुपैया, प्रचार प्रसार खर्च ३ लाख २८ हजार ७ सय ९०, रेफ्रि खर्च ४ लाख ७ हजार ९ सय ७५ रुपैया, मैदान, स्टेज, प्यरापिट ब्याबस्थापन खर्च ५ लाख ६० हजार ५ सय ७० रुपैया, अतिथि सत्कार खर्च २ लाख ३३ हजार लगायतको शीर्षकमा खर्च भएको बताइएको छ ।

प्रतियोगितामा अमेरीका, बंगलादेश, भारतबाट एक एक तथा नेपालका अन्य गरि १२ टोलीको सहभागिता रहेको थियो । आरा रारा गोल्ड कपको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले जितेको थियो । प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीका बालकहरुको भरणपोषणमा खर्च गरिने क्लबका अध्यक्ष विरभद्र आचार्यले बताए ।

सहारा एकेडेमीमा हाल १६ जिल्लाका गरिव तथा विपन्न बर्गका २८ जना बालकहरु रहेको महासचिव केशवराज बरालले बताए । बार्षिक रुपमा सहारा एकेडेमी संचालन गर्न करिब २२ लाख खर्च रुपैयाँ खर्च हुने क्लबले जनाएको छ ।

एकेडेमीको दिगो व्याबस्थापनको लागि स्थापना गरिएको अक्षयकोषमा हालसम्म करिब एक करोड २५ लाख रुपैया संकलन भएको आचार्यले जनाए । उनले अक्षय कोष २ करोड रुपैयाँको पुर्याउने क्लबको लक्ष्य छ । आहा रारा गोल्ड कपको मुख्य प्रायोजक हिमश्री फ्ड्स प्रालिका अध्यक्ष सुर्य बहादुर केसीले सहारा क्लबले राम्रो कामलाई निरन्तरता दिदै आएकोले आफुहरुले निरन्तर रुपमा साथ दिइरहेको बताए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.