8 years ago
July 16, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा उज्वेकिस्तानले लेबनानलाई ३-१ले पराजित गरेको छ। यस जितसँगै उज्वेकिस्तान महत्त्वपूर्ण ३ अंक जोड्दै अंक तालिकाको दोश्रो स्थानमा पुगेको छ।
उज्वेकिस्तानको लागि पहिलो गोल लेबनानका डिफेन्डर खलिल खामिसको तर्फबाट आत्मघाती गोलको रुपमा भएको थियो। खेलको २०औं मिनेटमा क्रसलाई क्लियर गर्ने प्रयासमा खामिसले आफ्नै पोष्टमा गोल गरेका थिए। त्यसपछि बोबिर अब्दिसोक्लिकोभले लगातार २ गोल गर्दै टोलीलाई मध्यान्तरसम्म ३-०ले अगाडी बढाए। उनले खेलको ३०औं र ३९औं मिनेटमा गोल गरेका थिए।
लेबनानले दोश्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको थियो। लेबनानका हुसेन जेनले गरेको पेनाल्टी गोलरक्षक खामारेभ दिल्सोभलाई छुँदै पोष्टमा लगेर फर्किएपछि आएको रिबाउन्डमा हमाउदले गोल गरेका थिए।
यस हरसँगै लेबनान समूहको तेश्रो स्थानमा छ। खाता खोल्न बाँकी रहेपनि लेबनानको नेपालको तुलनामा गोलअन्तर राम्रो छ। नेपालले युएईसँग ५-०को हार व्येहोरेसँगै तालिकाको पुछारमा छ भने युएई शीर्षस्थानमा रहेको छ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]