default_image

8 years ago

July 16, 2017

शीर्ष टोलीसँग जगजितको क्लबको बराबरी

137 views

0 Bookmark

कामामाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलियन क्लब नुनावडिङ सिटी एफसीले आइतबार एनपिएलमा बराबरी खेलेको छ । नुनावडिङले लिगको शीर्षस्थानमा रहेको टोली डांडेनङ सिटी एफसीसँग १–१ को बराबरी खेलेको थियो ।


जगजित पहिलो रोजाइमा परेको खेलमा नुनावडिङले अग्रता लिएपनि जोगाउन सकेन । ५१ औं मिनेटमा मिच कुपरले नुनावडिङका लागि गोल गरेका थिए । नुनावडिङको अफिसियल फेसबुकमा दिइएको जानकारी अनुसार ६६ औं मिनेटमा गोल फर्काउँदै डांडेनङले खेललाई बराबरीमा पुर्याएको थियो ।

नुनावाडिङ गएयता जगजितको त्यो छैटौं खेल थियो । टोलीले गत साता ३–१ को जित हासिल गर्दा जगजितले टोलीका लागि अन्तिम गोल गरेका थिए । नयाँ क्लबमा त्यो उनको पहिलो गोल थियो ।

जगजित गएयताका ६ मध्ये ३ खेल जितेको नुनावडिङले १ मा बराबरी र २ मा हार व्यहोरेको थियो । २० टोलीको सहभागिता रहेको एनपिएलका २३ खेलमा नुनावडिङको २५ अंक पुगेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.