default_image

8 years ago

July 16, 2017

एन्फा बैठक अर्को साता, चर्को बहसको सम्भावना

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन लिग, रुस्लान थ्री स्टारको क्षतिपूर्ति, विशेष साधारण सभालगायतका विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता कार्यसमितिको बैठक बोलाएको छ ।

अध्यक्ष अध्यक्ष नरेन्द्र श्रेष्ठ । फाइल तस्बिर

९ वटा एजेन्डासहित साउन ११ गतेका का लागि बैठक डाकिएपनि मुख्यतः तीनवटा विषयमा छलफल हुने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिएका छन् । ‘सबै विषय उत्तिकै महत्वपूर्ण छन् । तर मुख्य यी तीन विषयले छलफलमा बढी समय लिन सक्छ,’ तुलाधरले भने,‘लिग हामी जसरी पनि सन् २०१७ मै सुरु गर्न चाहन्छौं । त्यसअघि थ्री स्टारको विषय पनि टुंगाउनु पर्नेछ । अर्को एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन अनुसार विशेष साधारण सभाको मिति पनि तय गर्नुछ ।’

विशेष साधारण सभा गर्ने विषयमा एन्फाभित्र खासै विवाद देखिएको छैन । तर, लिग सञ्चालन र थ्री स्टारलाई दिने भनिएको क्षेतिपूर्तिका विषयमा कार्यसमितिमा एकमत छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समेत संलग्नतामा थ्री स्टारलाई १ करोड ५० लाख रुपैयाँ दिन एन्फाका केही जिम्मेवार पदाधिकारीले सहमति गरेपनि त्यसलाई कार्यसमितिबाट पास गर्न कठिनाई उत्पन्न हुने देखिएको छ ।

गत बर्ष एन्फाको गल्तिका कारण छनोट भइसकेको थ्री स्टारले एएफसी कप खेल्न पाएन । त्यसको विरोधमा थ्री स्टारले दोषीमाथि कारवाहीसहित ६ करोड रुपैयाँ क्षेतिपूर्ति माग गरेको थियो । साथै थ्री स्टारले माग पुरा नभएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने घोषणा गरेको थियो । त्यसै अनुसार थ्री स्टारले आफ्नै अध्यक्ष स्वर्गिय ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित यू १८ प्रतियोगितामा समेत भाग लिएन ।

एन्फा केन्द्रिय सदस्य पंकज नेम्बाङ थ्री स्टारलाई मर्का परेको सबैले मनन गरेको भएपनि दोषीलाई कारवाही नगरी क्षतिपूर्तिको विषय मात्र टुंगिन नसक्ने बताउँछन् । ‘छलफलमा गएपछि केमा सहमति बन्ला त्यो अर्को पाटो भयो । तर, क्षतिपूर्ति दिने अनि दोषीमाथि कारवाही नहुने हो भने यसले कस्तो नजिर बस्ला,’ उनले भने,‘तीन बर्षसम्म लिग नभएपनि कति क्लबले खेलाडीलाई पारिश्रमिक दिइरहेका छन् । भोली उनीहरुले क्षतिपूर्ति दाबी गर्दा दिन सक्ने नसक्ने त्यो विषयमा पनि छलफल आवश्य छ । अर्को थ्री स्टारले क्षतिपूर्ति मात्र मागेको छैन दोषीलाई पनि कारवाही हुनुपर्ने माग राखेको छ ।’

केही समयअघि एन्फाले एपि वानसँग प्रसारण र मार्केटिङको समेत सम्झौता गरिसकेको र त्यसबाट प्राप्त हुने रकम थ्री स्टारलाई किस्तामा दिने विषयमा पनि एन्फामा छलफल भएको सदस्य नेम्बाङले बताए । ‘एपी वानबाट आउने १ करोड ७५ लाख रुपैयाँबाट तीन किस्तामा थ्री स्टारलाई दिने भन्ने विषय पनि छलफलमा उठेको थियो,’ उनले थपे,‘तर, मैले त्यस्तो सम्भव देखिएको छैन । क्षतिपूर्ति दिने एन्फाको श्रोतका विषयमा पनि भोली खोजी हुन सक्छ, त्यसलाई पनि ध्यानमा राखेर निर्णय गर्नुपर्दछ ।’

फेरी पनि बैठकमा दोषीमाथिको कारवाहीको माग आफुले उठाउने नेम्बाङले बताए । ‘अघिल्लो बैठकमा महासचिवको राजीनामा मागिएको थियो । त्यसमा अध्यक्षले सबै जिम्मा म लिन्छु भन्नु भएको छ,’ नेम्बाङले भने,‘अध्यक्षले जिम्मेवारी लिएपछि राजीनामा दिनुपर्दछ । यस्ता गल्ति भविष्यमा नदोहोरियोस भन्नका लागि पनि राजीनामा दिएर नजिर स्थापित गर्नुपर्दछ । गल्ति गर्नेले कारवाही पनि भोग्नु पर्दछ भन्ने आवाज म फेरी पनि उठाउनेछु ।’

एएफसीले डिसेम्बरसम्ममा विशेष साधारण सभा गर्नुपर्ने गाइडलाइन दिएको आफुले जानकारी पाएको जनाउँदै नेम्बाङले त्यसको प्रभाव लिगमा पनि पर्न सक्ने आकलन गरे । ‘क्लबहरुले लिगका लागि तयारी गर्न कम्तिमा दुई महिनाको समय माग्छन् नै । त्यस्तो हुँदा दशै अघि लिग सम्भव देखिन्न,’ उनले अनुमान लगाए,‘त्यसपछि साधारण सभा गर्नुपर्ने भएकोले सायद लिग २०१७ भित्र हुनेमा मलाई शंका छ ।’

एन्फाको वर्तमान कार्यसमितिको अवधि यो बर्ष सकिदैछ । गत बर्ष फिफाले पूर्व अध्यक्ष गणेश थापालाई १० बर्षको प्रतिबन्ध लगाएपछि अध्यक्ष पद रिक्त भएको थियो । एन्फाले गत बर्ष अध्यक्ष र एक उपाध्यक्षको निर्वाचन गरेको थियो । जसमा नरेन्द्र श्रेष्ठ अध्यक्ष र मणी कुँवर उपाध्यक्ष निर्वाचित भएका थिए । अबको साधारण सभाले एन्फाको संसोधित विधान पास गर्दै १७ सदस्यीय कार्यसमितिको पनि चयन गर्नुपर्नेछ ।

साउन ११ कोे बैठकका लागि एन्फाले महिला फुटबल, साफ यू १५ महिला फुटबल, उमेुर समूह, फुटसल प्रतियोगितामा सहभागिता र आयोजना, मिनी पिच र औषधि उपचार खर्चका विषय एजेन्डा तय गरेको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.