8 years ago
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको खेलहरु खेल्दै गरेको नेपालले दोस्रो खेलमा उज्बेकिस्तानको सामना गर्दै छ । संयुक्त अरब ईमिरेट्स (युएई) को अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकाको ८:१० मा सुरु हुन्छ ।
संयुक्त अरब ईमिरेट्सको दुबई स्पोर्ट्स टिभीले स्थनिय समय बेलुका अनुसार ६:२५ प्रत्यक्ष प्रसारण गरेपनि नेपालमा उक्त च्यानलको प्रसारण नहुने हुनाले नेपालमा रहेका समर्थकहरुले खेल अनलाइन मार्फत हेर्नु पर्ने हुनेछ ।
विभिन्न अनलाइन स्ट्रिमिङ मार्फत खेल हेर्न सकिने भएपनि हाम्रो खेलकुदको नियमित पाठकहरुको सहजताको लागि खेल समयमा दुबई स्पोर्ट्स टेलिभिजनको प्रसारण हाम्रो खेलकुदको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण हुनेछ । समर्थकहरुले फेसबुकमा हाम्रो खेलकुद डट कमको पेज लाइक गरेर खेल हेर्न सक्नुहुनेछ ।
आजको दोस्रो खेलमा घरेलु टोली युएईले लेबनानको सामना गर्नेछ । दोस्रो खेल स्थानीय समय अनुसार बेलुकी ९:१५ (नेपाली समयानुसार रातको ११ बजे) सुरु हुनेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]