default_image

8 years ago

July 17, 2017

युएईमा पानी पर्दै: तापक्रम ३२ डिग्रीमा झर्यो

118 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’को दोश्रो खेलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्दैछ। नेपाली समयानुसार रातको ८:१० बजे सुरु हुने खेल हाम्रो खेलकुद डट कामको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ।

बंगलादेश विरुद्धको सुरुवाती एघार

खेल हुने ताह्नों बिन महमद रंगशालामा भने केहि समय अघिदेखि निरन्तर वर्षा भईरहेको छ। सामन्यतया ४२ डिग्री सेल्सियस तापक्रम हुने त्यस स्थानमा हालको तापक्रम ३१ डिग्री सेल्सियस रहेको छ। मौसम पूर्वानुमानका अनुसार खेल अवधिभर तापक्रम अधिकतम ३२ डिग्री सेल्सियस सम्म मात्र पुग्नेछ।

पछिल्लो खेलमा प्रशिक्षक शाक्यले नेपाली टोलीलाई गर्मीले गर्दा केहि असहज भएको बताएका थिए। उनले नेपालमा वर्षात भइरहेको र युएईमा एक्कासी गर्मीमा खेल्दा टोलीलाई गाह्रो भएको बताएका थिए।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.