8 years ago
July 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले स्पेनिस ला लिगा टोली इस्पान्योलविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने मौका पाउने भएका छन् । प्रि सिजनका लागि इन्डोनेसिया भ्रमणमा रहेको इस्पान्योलले रोहितको क्लब पर्सिजा जकार्तासँग भोली मैत्रीपूर्ण खेल्न लागेको छ उनका दाजु रविनले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन् ।
चार पटकको कोपा डेल रे विजेता इस्पान्योल गत सिजन ला लिगामा आठौं स्थानमा रहँदै अन्त्य गरेको थियो । इस्पान्योलले सन् १९२९, १९४०, २००० र २००६ मा कोपा डेल रे उपाधि जितेको थियो । त्यस्तै टोली १९८७/८८ र २००६/०७ को युइएफएक कप (हालको युरोपा लिग) मा उपविजेता बनेको थियो ।
इस्पान्योलबाट रियल मड्रिड र एसी मिलानका पूर्व गोलकिपर डिएगो लोपेज लगायत भिक्टर सान्चेज र जेरार्ड मोरोनो जस्ता खेलाडी उत्रने बताइएको छ। युरोपियन क्लबविरुद्ध खेल्न लागेको रोहितको यो पहिलो पटक भने होइन। उनले यसअघि डच् र युरोपियन च्याम्पियन एएफसी आयाक्सविरुद्ध पनि मैत्रीपूर्ण खेल खेलिसकेका छन् ।
यो सिजन पर्सिजामा आबद्ध भएयता रोहितले टोलीका लागि २ गोल गरिसकेका छन् । आइतबार मात्र रोहितले गोलमा पर्सिजाले इन्डोनेसिया लिगा १ मा पुसिामिया बोर्निओलाई १–० ले हराएको थियो । पर्सिजाले १५ खेलमा ६ जित, ६ बराबरी र ३ हारका साथ २४ अंक जोडेको छ ।
चोटका कारण झन्डै एक बर्ष मैदान बाहिर रहेर गत बर्षमा उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीमार्फत फुटबलमा फर्केका थिए । चोटबाट फर्केपछि राष्ट्रिय टोलीमा समेत पुनरागमन गर्दै रोहितले एसियन कप छनोटमा फिलिपिन्स र यमनविरुद्ध खेलिसकेका छन्।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]