8 years ago
July 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले लेबनानको सामाना गर्दैछ। पहिलो दुइ खेलमा पराजय भोगेको नेपाललाई बुधबारको खेलमा प्रतियोगितामा सुखद अन्त्य गर्ने अवसर मिल्नेछ।
पहिलो खेलमा युएईसँग ५-० ले पराजित नेपाली टोलीले दोस्रो खेलमा सुधारिएको प्रदर्शन गरेपनि ताजिकिस्तानसँग २-० ले हार व्येहोरेको थियो। यसअघीको दुवै खेल गुमाएको लेबनानपनि अन्तिम खेलमा जितको खोजीमा हुनेछ । पहिलो खेलमा उज्बेकिस्तानसँग ३-१ ले हारेको लेबनानले दोस्रो खेलको अन्तिम समयमा पेनाल्टी मार्फत गोल खादै १-० को हारमा चित्त बुझाएको थियो ।
पहिले दुई खेलमा नेपाली समयानुसार रातीको ८:१० मा खेलेको टोलीले अन्तिम खेल रातीको ११ बजे खेल्नेछ । बुधबारको पहिलो खेलमा आयोजक युएईले उज्बेकिस्तानको सामना गर्नेछ।
खेलको जानकारी – युएई यू२३ विरुद्ध नेपाल यू२३
खेल हुने मिति – २०७४ श्रावण ४ गते, बुधबार
खेल समय – नेपाली समय अनुसार बेलुकी ११ बजे सुरु हुने (स्थानीय समय : ८ : २५ )
खेल मैदान – युएईको अल इन स्थित ताह्नोन बिन मोहम्मद रंगशाला
लाइभ कसरि हेर्ने – हाम्रो खेलकुदको फेसबुक पेजमा लाइभ आउने
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]