default_image

8 years ago

July 18, 2017

अन्जनको स्थानमा कसले खेल्छ?

103 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपालले बुधबार समूह चरणको अन्तिम खेलमा लेबनानको सामना गर्दैछ। दुवै खेलमा पराजित टोलीहरुको खेलमा नेपालका लागि फरवार्ड अन्जन बिष्ट दोहोरो पहेंलो कार्डका कारण उपस्थित हुने छैनन्।

नेपालका लागि पछिल्ला दुवै खेलमा अन्जनले पुरै समय मैदानमा बिताएका थिए। नेपालले गोल गर्न नसकेपनि अन्जनले आक्रमणमा केहि मौका सिर्जना गर्नेदेखि खेलमा कडा मेहेनत गरेको प्रष्ट झल्कन्थ्यो। उनको अनुपस्थितिसँगै अन्तिम खेलमा कप्तान विमलसँग आक्रमणमा को उत्रिन्छ भन्ने कौतुहलताको विषय बनेको छ।

पछिल्लो खेलमा प्रशिक्षक शाक्यले खेलको ७५औं विमल घर्ती मगरको स्थानमा सन्जोग राइलाई मैदान प्रवेश गराएका थिए। सन्जोगले ठुलो अवसर केहि नपाएपनि उनले केहि राम्रो मुभमा सामेल भएका थिए। सन्जोगसँगै सुनिल बल पनि उज्वेकिस्तानविरुद्धको  खेलमा केहि छरिता देखिएका थिए। पहिलो खेलमा आशातित प्रदर्शन गर्न नसकेपछि दोश्रो खेलमा उनि सुरुवाती रोजाईमा परेका थिएनन्। तर, ३३औं मिनेटमा पुजन उपरकोटीलाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेका उनले औसत प्रदर्शन गरे।

प्रशिक्षक शाक्यले लेबनानविरुद्धको खेलमा सुनिल वा सन्जोग मध्य कुनै एक खेलाडीलाई अन्जनको स्थानमा उतार्ने सम्भावना प्रबल रहेको छ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.