8 years ago
July 18, 2017
लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोय हार्ट लोनमा अर्को प्रिमियर टोली वेस्ट ह्याम युनााइटेडमा आबद्ध भएका छन् । वेस्ट ह्यामले हार्ट एक सिजनका लागि क्लबमा आबद्ध भएको मंगलबार घोषणा गरेको छ ।

‘मेरो खेल जीवनका लागि यो महत्वपूर्ण अवसर हो’ इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ७१ खेल खेलिसकेका ३० बर्षे गोलकिपरले वेस्ट ह्यामको वेभसाइटलाई भनेका छन्,‘फेरी यहाँ आएर खेल्न पाउनु साच्चै सुखद पक्ष हो ।’
प्रिमियर लिगका दुई उपाधि जितेका हार्टले प्रिमियर लिगमा २ सय ६६ खेल खेलेका छन् । यो समरमा सिटीबा वेस्ट ह्याम पुग्ने हार्ट दोस्रो खेलाडी हुन् । यसअघि पाब्लो जाबालेटा पनि वेस्ट ह्याम पुगेका थिए ।
वेस्ट ह्यामको प्रि सिजन यात्रा सोमबारबाट सुरु भएको थियो । सोमबार टोलीले अस्ट्रियामा स्ट्रोम ग्राजसँग गोलरहित बराबरी खेलेको थियो । वेस्ट ह्यामले बिहीबार अर्को प्रिमियर लिग टोली फुल ह्यामको सामना गर्नेछ । अगस्ट १३ मा म्यानचेस्टर युनाइटेडसँग खेल्दै वेस्ट ह्यामले यसपटकको प्रिमियर लिग यात्रा सुरु गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]