8 years ago
July 19, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियामा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले स्पेनिस ला लिगा टोली इस्पान्योलसँगको मैत्रीपूर्ण खेलमा हार व्येहोरेको छ।
हाल नयाँ सिजनको तयारीमा इन्डोनेसियामा प्रि सिजनमा रहेको इस्पान्योलविरुद्ध पर्सिजा जाकार्ता ७-० ले पराजित भएको हो ।
इस्पान्योलले खेलको सातौं मिनेटमा अग्रता लिने क्रममा २५ वर्षीय स्ट्राइकर जेरार्ड मोरेनोले गोल गरेका थिए। त्यस्तै इस्पान्योलमा यसै सिजन आएका ३० वर्षीय सेन्टर मिडफिल्डर ग्रानेरोले पहिलो हाफमा दुइ गोल गरे। रियल म्याड्रिडका पूर्व खेलाडी होजे म्यानुएल जुराडो र डेभिड लोपेजको गोलमा पाहुना टोली पहिलो हाफमा ५-० ले अगाडी रह्यो । दोस्रो हाफमा आरोन मार्टिन र पापाकौली डिओपले १/१ गोल थपे ।
इन्डोनेसियाको लिगमा पर्सिजाकालागि नियमित सुरुवात गर्दै आएका रोहित यस खेलमा भने ७८ मिनेटमा मैदान प्रवेश गरेका थिए।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]