8 years ago
July 20, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – एएफसी यू२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’मा रहेको नेपालले सबै खेलमा पराजय भोग्दै प्रतियोगिताको अन्त्य गरेको छ। बुधबार भएको अन्तिम खेलमा नेपालले लेबनानसँग २-०को हार व्येहोर्यो।
नेपालले खेलको २८औं मिनेटमा पहिलो गोल खाएको थियो। डिफेन्सले हेडर क्लियर गर्न नसकेको बलमा लेबनानका हासान कुरानीले गोल गरेका थिए। नेपालले पछिल्ला खेलको तुलनामा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्ने अवसरहरुमा भने चुकेको थियो।
खेलको ८७औं मिनेटमा नेपालले बराबरी गर्ने मौका पाएपनि सुमन लामा त्यसमा चुकेका थिए। उनले फार पोष्टमा एक्लै हुँदा आएको लो क्रसलाई गोलतर्फ मोड्न असफल रहेका थिए। त्यसअघि नेपालका सुनिल बलले दोश्रो हाफको सुरुवाततिर प्रहार गरेको फ्रिकिक पोष्टबाट केहि माथिबाट बाहिरिएको थियो। खेलको अन्तिम समयमा हासान कुरानीले व्यक्तिगत दोश्रो गोल गर्दै लेबनानको जित पक्का गरेका थिए।
नेपाल यस नतिजासँगै प्रतियोगितामा कुनै गोल नगरी स्वदेश फर्कने भएको छ। समूह चरणका तिनै खेलमा पराजित भएको नेपाल कुनै अंक नजोडी समूहको पुछारमा रह्यो।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]