8 years ago
July 20, 2017
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुस भित्राउनमा म्यानचेस्टर युनाइटेडले चासो देखाएको छ । स्पेनिस सञ्चारमाध्यमका अनुसार जर्मन अन्तर्राष्ट्रिय खेलाडी क्रुस भित्राउनमा युनाइटेडसँग इन्टर मिलान र युभेन्ट्स प्रतिस्र्पामा छन् ।
डेरियो गोलका अनुसार युनाइटेड, इन्टर र युभेन्ट्स तीनै क्लब क्रुसलाई भित्राउन जोडतोडले लागेका छन् । यद्दपी युनाइेडका गोलकिपर डेभिड डि जियासँग साट्ने सर्तमा भने रियल क्रुसलाई छाड्न तयार हुने अडकल काटिएको छ । तर, रियलका प्रशिक्षक जिनेदिन जिदान भने क्लबका उत्कृष्ट खेलाडीमध्येका एक क्रुसलाई क्लबमा हेर्न चाहन्छन् । उनले व्यक्तिगत रुपमा पनि क्रुसलाई क्लब नछाड्ने आग्रह गरेको बताइएको छ ।
बायर्न म्युनिखका २७ बर्षे पूर्व मिडफिल्डर क्रुसले पछिल्लो तीनबर्षमा रियलमा उच्च प्रदर्शन गर्दै आइरहेका छन् । क्लबका स्तरीय खेलाडीसँगै उच्च प्रदर्शन गरिरहेका उनले लामो समय टोलीबाट खेलुन् भन्ने रियलले पनि चाहेको बताइएको छ । खेल जीवनमा तीनवटा च्याम्पियन्स लिग उपाधि जितिसकेका क्रुसले पछिल्ला दुईवटा रियलबाट जितेका थिए ।
विश्व कप विजेता क्रुस र लुका मोड्रिचबीच रियलको मिडफिल्ड साझेदारीलाई उत्कृष्ट मानिन्छ र उनी लामो समय जिदानको पहिलो रोजाइको खेलाडी रहने अनुमान गरिएको छ । यद्दपी युनाइटेडले डे हेयालाई छाड्न तयार नभएसम्म भने क्रुस युनाइटेड पुग्ने लगभग असम्भव रहेको बताइएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]