8 years ago
July 20, 2017
टेक्सस (एजेन्सी)– रोमेलु लुकाकुले खेल जीवनको उच्च फर्ममा म्यानचेस्टर युनाइटेड जानुलाई उपयुक्त कदम भएको युवा फरवार्ड मार्कुस रासफोर्डले बताएका छन् । फरवार्ड लाइनमा बेल्जियन लुकाकुसँगको साझेदारीलाई लिएर पनि रासफोर्ड उत्साहित देखिएका छन् ।
लुकाकु जुलाईको सुरुआतमा एभर्टनबाट युनाइटेड पुगेका थिए । जोजे माउरिन्होको प्रशिक्षणमा अमेरिकामा दुई दिनअघि लुकाुकले रियल साल्ट लेकविरुद्ध गोलका खाता पनि खोलिसकेका छन् । गत सिजन २५ गोल गरेका २४ वर्षे लुकाकु सहि समयमा युनाइटेड आबद्ध भएको रासफोर्डको भनाई छ । रासफोर्डले चेल्सीका पूर्व फरवार्डसँग आफुले पनि धेरै सिक्न पाउने विश्वास लिएका छन् ।
लुकाकु युनाइडेट पुगेका विषयमा स्काई स्पोर्टसको प्रश्नमा रासफोर्डले भने,‘पछिल्लो तीन चार बर्षमा उनले धेरै गोल गरेका छन् । उच्च फर्म रहँदै अहिले उनी यहाँ आउनु सकारात्मक कदम हो । मलाई लाग्छ उनी खेल जीवनको उच्चदम विन्दुमा छन्, यो सुरुवा सहि समयमा भएको छ ।’
युनाइटेडको एकेडेमीका उत्पादन १९ वर्षे रासफोर्डले लुकाकुका बारेमा थपे,‘मलाई लाग्छ उनीबाट मैले धेरै सिक्नेछु । त्यसै हामीले सँगै खेल्दा पनि धेरै सिक्न सक्छौं । यसले मैदानमा पनि सहज हुनेछ ।’ युनाइटेडले प्रि सिजन टुरमा रहेको अर्को सहरी प्रतिद्वन्द्वि म्यानचेस्टर सिटीसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । माउरिन्होले सिटीविरुद्ध लुकाकु र रासफोर्डलाई अग्रपक्तिको जिम्मा दिएर प्ररिक्षण गर्ने सम्भावना रहेको आकंलन गरिएको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]